लोमान्थाङ रिङरोड सडक अलपत्र

जोमसोम ।
लोमान्थाङ गाउँपालिकाका ५ वटै वडा जोड्ने रिङरोड सडक विगत ७ महिनादेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ निर्माण सुरु गरेको थियो । निर्माण कम्पनीको ढिलासुस्ती र वेवास्ताले रिङरोड सडक निर्माणको कामले गति लिएको छैन ।
१० दशमलव ५ किमी लामो सडक निर्माणको म्याद २ पटक म्याद थप्दा पनि भौतिक प्रगति ६० प्रतिशतमात्रै छ । पछिल्लो पटक थपिएको म्याद असोज २८ गते नै सकियो । लोमान्थाङ, ठिंगर, किमलिङ, चुमजुङ, न्याम्डो हुँदै नेचुङ जोड्ने सडक निर्माणको जिम्मा इमोटल कन्ट्रक्सन प्रालिले लिएको छ ।
०७५ सालमा रिङरोड सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भई २०७६ साल असार २६ गते २४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
पुलको सुरुवाती सम्झौता अवधि २ वर्षको रहे पनि रिङरोड सडकको काममा निर्माण कम्पनीले ढिलासुस्ती गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिक्देलले जानकारी दिए । रिङरोडको १० दशमलव ५ किमी ग्राभेल सडकमा ८ मिटर फराकिलो मोटर बाटो निर्माण गर्ने योजना रहेको सिक्देलले बताए ।
निर्माण कम्पनीले ठेक्का मोबिलाइजेसन वापत लिएको ९७ लाख रुपैयाँ पूर्वाधार विकास कार्यालय मुस्ताङले ३ महिनाअघि नै फिर्ता लिइसकेको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले रिङरोड सडकको काम निर्माण कम्पनीका कारण अलपत्र परेको बताए ।
उनले सडक निर्माण गर्दा निर्माण कम्पनीले गुणस्तर र मापदण्ड अनुसार काम नगरेको बताए । लोमान्थाङ रिङरोड अन्तर्गत वडा १, २ र ५ लाई राष्ट्रिय गौरवको राजमार्ग सडकले जोड्दछ । पालिकाको वडा ३ र ४ लाई पनि सडक सञ्जालले जोड्न सकेमा रिङरोड सडक अवधारणा पूरा हुनेछ भने उत्तरी कोरलानाकालाई समेत सडक कनेक्टिभिटीले जोड्ने योगदान पुग्नेछ ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया