मनाङकी मनु अर्जेन्टिनाको अकान्कागुवा शिखरमा

समाधान संवाददाता २०७९ फागुन १० गते ११:०२

पोखरा ।
हिमाली जिल्ला मनाङकी मनु गुरुङले माउन्ट अकान्कागुवाको सफल आरोहण गरेकी छन् । अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६ हजार ९ सय ६० मिटर अग्लो हिमाल चढ्न उनी फेब्रुअरी १ मा त्यसतर्फ गएकी थिइन् ।

Advertisement

दक्षिण अमेरिकी महादेशको यो सबैभन्दा अग्लो हिमाल हो । नासों गाउँपालिका ७ की गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनमा आबद्ध छिन् ।

उनले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा, आइल्यान्ड, फोकाल्दे, लोबुचे र धम्पुस पिकको सफल आरोहरण गरिसकेको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

माउन्टेन ‘वुमन अफ द वल्र्ड’ नेटवर्क नामक संस्थाले विभिन्न देशका १५ जना महिलालाई आरोहणमा सघाएको हो । आरोहणमा गएकामध्ये ९ जनामात्रै हिमाल आरोहण गर्न सफल भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया