लिटिल स्टेप विद्यालयको वार्षिकोत्सव
समाधान संवाददाता
२०७९ फागुन १० गते ११:४३
पोखरा ।
लिटिल स्टेप माध्यमिक विद्यालयले मंगलबार ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले मानिसको व्यक्तित्व निर्माण र सभ्यताको विकासका लागि शिक्षाको अहं भूमिका हुने बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य भीमनाथ बराल, पोखरा शिक्षा विकास समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, पूर्व शिक्षक गीता दवाडी, अभिभावक टेकनाथ र शिक्षकद्वय ताराप्रसाद सुवेदी र चित्रबहादुर अधिकारीले बोलेका थिए ।
समारोहमा विज्ञान तथा हस्तकला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम पनि भएको थियो । विद्यालयका प्राचार्य पम्फा गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको समारोहमा शैक्षिक सत्र २०७८ का शैक्षिक पुरस्कारसमेत वितरण गरिएको थियो ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया