न्युरो समस्याबारे छलफल

पोखरा ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा वरिष्ठ न्युरो सर्जनहरुसँग पक्षघात तथा मस्तिष्क घातबारे छलफल भएको छ । सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकी संस्थापक तथा कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षित देवकोटाले पोखरामा आएर रोटरीयनहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
न्युरो रोगको उपचार सर्वसुभल रुपमा नेपालमै गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त न्युरो अस्पताल स्थापना गरिएको बताइन् । अस्पतालका न्युरो सर्जरी विभागीय प्रमुख डा. निकुञ्ज योगी, न्युरो सर्जन डा. सागर कोइराला र न्युरोलोजिस्ट डा. अञ्जिल महर्जनले मस्तिष्क घात तथा पक्षघातका लक्षण, रोकथामका उपाय र उपचारका लागि नेपालका अस्पतालममा उपलब्ध सुविधाहरु बारे जानकारी दिएका थिए ।
दैनिक जीवनयापन, खानपिन लगायतले कम उमेर मै स्ट्रोकहरु हुन थालेको बताउँदै उनीहरुले विगतमा मस्तिष्कघातको उपचार अप्रेसन गरेर गर्नुपर्नेमा हालको नयाँ प्रविधिले विना अप्रेसन नसाबाट नै उपचार सम्भब भएको जनाए ।
रोटरी इन्टरनेसनल ३२९२ क्लबको सन् २०२६/२७ का नोमिनी डिजि विनोद कोइरालाले उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल र रोटरी क्लबको सहकार्यमा सचेतना कार्यक्रम गर्न सकिने बताए ।
कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले अस्पतालले उपलब्ध गराएका सेवा सुविधाका बारेमा जानकारी दिए ।
कार्यक्रम संयोजक प्रेसिडेन्ट इलेक्ट तोयबहादुर भट्टराई, पूर्व अध्यक्ष रोस गुरुङ, क्लबका अध्यक्ष देवेन्द्र बास्तोला पूर्व अध्यक्ष ईश्वर कर्माचार्य र बाबुराम बराल, मीनबहादुर गिरी लगायतले कार्यक्रमा बोलेका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया