न्युरो समस्याबारे छलफल

समाधान संवाददाता २०७९ फागुन १० गते १२:२०

पोखरा ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा वरिष्ठ न्युरो सर्जनहरुसँग पक्षघात तथा मस्तिष्क घातबारे छलफल भएको छ । सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकी संस्थापक तथा कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षित देवकोटाले पोखरामा आएर रोटरीयनहरुसँग अन्तरक्रिया गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

न्युरो रोगको उपचार सर्वसुभल रुपमा नेपालमै गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त न्युरो अस्पताल स्थापना गरिएको बताइन् । अस्पतालका न्युरो सर्जरी विभागीय प्रमुख डा. निकुञ्ज योगी, न्युरो सर्जन डा. सागर कोइराला र न्युरोलोजिस्ट डा. अञ्जिल महर्जनले मस्तिष्क घात तथा पक्षघातका लक्षण, रोकथामका उपाय र उपचारका लागि नेपालका अस्पतालममा उपलब्ध सुविधाहरु बारे जानकारी दिएका थिए ।

दैनिक जीवनयापन, खानपिन लगायतले कम उमेर मै स्ट्रोकहरु हुन थालेको बताउँदै उनीहरुले विगतमा मस्तिष्कघातको उपचार अप्रेसन गरेर गर्नुपर्नेमा हालको नयाँ प्रविधिले विना अप्रेसन नसाबाट नै उपचार सम्भब भएको जनाए ।

Advertisement

रोटरी इन्टरनेसनल ३२९२ क्लबको सन् २०२६/२७ का नोमिनी डिजि विनोद कोइरालाले उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल र रोटरी क्लबको सहकार्यमा सचेतना कार्यक्रम गर्न सकिने बताए ।

कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले अस्पतालले उपलब्ध गराएका सेवा सुविधाका बारेमा जानकारी दिए ।

Advertisement

कार्यक्रम संयोजक प्रेसिडेन्ट इलेक्ट तोयबहादुर भट्टराई, पूर्व अध्यक्ष रोस गुरुङ, क्लबका अध्यक्ष देवेन्द्र बास्तोला पूर्व अध्यक्ष ईश्वर कर्माचार्य र बाबुराम बराल, मीनबहादुर गिरी लगायतले कार्यक्रमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया