उन्नति बचत समूहमा सम्मान

समाधान संवाददाता २०७९ फागुन १० गते १३:३३

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १६ गैरावारीमा रहेको उन्नति बचत समूहले संस्थापक अध्यक्ष सहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ समूहको आठौं साधारण सभाको अवसरमा संस्थापक अध्यक्षसहित मनदेवी गुरुङ, समूहको उन्नयन र विकासमा महत्वपूर्ण योगदान गर्ने समाजसेवी एवं पोखरा महानगरपालिका वडा नं १९ का सचिव श्रीराम पौडेल, समाजसेवी खुसीमान गुरुङ, शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमन पौडेल र प्रध्यापक रामु रानालाई समुहका अध्यक्ष गुरुङले सम्मा पत्र र दोसल्लासहित सम्मान गरिन् ।

Advertisement

सम्मानित व्यक्तित्व श्रीराम पौडेलले महिला सशक्तीकरण र ससानो रकम बचत गरी आय आर्जनको क्षेत्रमा समूहले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

सम्मानित व्यक्तित्व खुसीमान गुरुङले उन्नति समूहले नाम अनुसार नै गतिविधि चलाएको बताए । समूहका अध्यक्ष मनदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शिलादेवी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया