कन्या क्याम्पसमा अनुसन्धान विधिबारे कार्यशाला

पोखरा ।
अनुसन्धान व्यवस्थापन समिति, कन्या क्याम्पस पोखराको आयोजनामा ३ दिने कार्यशाला भएको छ । शनिबारदेखि सोमबारसम्म चलेको कार्यशालामा अनुसन्धान विधिबारे छलफल भएको छ ।
कार्यक्रममाकन्या क्याम्पस सञ्चालक समिति अध्यक्ष योगेन्द्र प्रधानले निरन्तरको सिकाइले नै ज्ञानको विकास हुने जनाए । कन्या क्याम्पसका प्रमुख सुरेशकुमार मानन्धरले सहभागीको सक्रियता र उत्साह लोभलाग्दो भएको बताए ।
स्रोत व्यक्ति सहप्राध्यापक दीपेन्द्र पराजुलीले आत्मीय वातावरणमा ज्ञान आदानप्रदान गर्न पाउनु निकै महत्वपूर्ण भएको धारणा राखे । सहभागीहरु कविता श्रेष्ठ तथा शिशिर ज्ञवालीले सहज वातावरणमा धेरै कुरा सिक्ने मौका पाएको प्रतिक्रिया दिए ।
विभिन्न सत्र विभाजन गरी व्यवस्थित गरिएको कार्यशालामा कन्या क्याम्पस, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, कालिका बहुमुखी क्याम्पस, गौरीशंकर बहुमुखी क्याम्पस, हिमाल कलेज अफ मेनेज्मेन्ट तथा सैनिक आवासीय विद्यालयका गरी ३१ जना सहभागी थिए ।
कार्यशालामा प्राडा विकास केसी, प्राडा हरि पाठक, सहप्रा दीपेन्द्र पराजुली, डा सवीन्द्र भण्डारी, डा भूमिराज बस्ताकोटी र भूमिराज पण्डित स्रोत व्यक्ति थिए । अनुसन्धान व्यवस्थापन समिति संयोजक डा. भूमिराज बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा समितिकी सदस्य लक्ष्मी सापकोटा र भूमिराज पण्डितले पनि बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया