पञ्चासेको जानकारी पुस्तकमा

पोखरा ।
पञ्चासे क्षेत्र वरपर रहेका क्षेत्रको जानकारी समेटिएको पुस्तक पञ्चासे प्राज्ञ मञ्चको मंगलबार विमोचन भएको छ । पञ्चासे प्राज्ञ मञ्चका प्रथम साधारणसभामा पोखरा २३ का वडाध्यक्ष रामकाजी गुरुङले पञ्चासे प्राज्ञ मञ्चका विमोचन गरे ।
उनले भौगोलिक, शैक्षिक, सामाजिक र इतिहासिक काममा प्राज्ञ मञ्च आवश्यक हुने बताए । पोखरा २३ महागनगरको ठस्लो वडा र यसमा अथाहा सम्भावना भएका कारण यसको प्रचार प्रसारमा प्राज्ञ मञ्चसहयोगी हुने बताए ।
वडा सदस्य चेतबहादुर क्षेत्रीले पोखरा २३ को विकासका लागि यस्ता पुस्तकहरु आवश्यक हुने बताए । उनले पुस्तकले वडाका विकासका लागि मार्गचित्र बनाउने बताए । कार्यक्रममा सिद्धबराहा माविका प्रधानध्यापक बद्री पराजुलीले यस क्षेत्रका पुराना सम्पदा संरक्षण गर्नुपर्ने विचार राखे ।
पञ्चासे प्राज्ञ मञ्चका अध्यक्ष गंगाधर तिमिल्सिनाले वडाभित्र रहेका प्राकृतिक, जैविक सम्भावनाको खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने बताए । उनले यसका विकासका लागि अध्ययन अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका उपाध्यक्ष नारायण गौतमले प्राडा मोतीलाल पराजुलीको सपना साकार बनाउन आफूहरु लागेको बताए । कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका सचिव विश्वनाथ पौडेलले सबै एकजुट भएर अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए ।
पञ्चासे प्राज्ञ मञ्चको प्रथम अधिवेशनले गंगाधर तिमिल्सिनाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण गौतम, सचिव विश्वनाथ पौडेल र कोषाध्यक्षमा घनश्याम पौडेल छन् । सदस्यममा जीवनाथ लामिछाने, सेतुमाया पराजुली, मीनबहादुर गुरुङ, गंगाधर चापागाईं र यज्ञ तिमिल्सिना छन् ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया