संगम कपमा आजबाट क्वाटरफाइनल

पोखरा ।
पोखरामा जारी आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ अन्र्तगत बिहीबार क्वाटरफाइनलका खेल हुने भएका छन् । पोखरा रंगशालाको वैकल्पिक फुटवल मैदानमा पहिलो क्वाटरफाइलन खेलमा आयोजक संगम क्लव र एलजी एसोसियसनबीच खेल हुनेछ ।
दोस्रो क्वाटरफाइनल खेल भ्याली स्पोट्र्स क्लब र ए पेक्सबीच हुँदा तेस्रो क्वाटरफाइनल खेल नव आर्दश सामुदायिक विकास समाज र विष्णुपादुका क्लबीच हुनेछ । अन्तिम क्वाटरफाइनल खेल सहारा क्लब र आदर्श युवा क्लबबीच हुनेछ ।
बुधबार भएको प्रि क्वाटरफाइनलका ३ खेल भएको म्याच कमिस्नर खिमबहादुर गुरुङले बताए । बुधबार भएको पहिलो खेलमा विष्णुपादुकाले अम्मरसिंह व्वाइज क्लब (एसिसी) लाई ३—० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा यात्रा बनायो । खेलमा विष्णुपादुकाका सुविन श्रेष्ठले ३१ र ४३ औं मिनेटमा २ गोल र राजन थापाले खेलको ६५ औं मिनेटमा १ गोलको योगदान दिए ।
एबिसीका पहिलो रोजाइका गोलरक्षक सन्तोष श्रेष्ठ खेलको ३३ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिए । उनले डिबक्सबाहिर गएर वान भर्सेस वान बल हातले समाउदा रेड कार्ड पाएका हुन भने उनको स्थानमा मन्दीप गुरुङले खेलेका थिए ।
सरोज गुरुङ र भगवत चौधरीको समान १ गोलको मद्दतले सहारा क्लबले युनाइटेड क्लबमाथि २—० को जित दर्ता गर्यो । खेलमा सहाराका गुरुङले ४५ र चौधरीले ४८ औं मिनेटमा गोल गरे ।
अन्तिम क्वाटरफाइनल खेलमा नायक बनेका विकास परियारको ह्याट्रिकको मद्दतले आदर्श युवा क्लबले डेभिड फल्स क्लबमाथि ३—१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान बनायो ।
खेलको ८, ४७ र दोस्रो हापको इन्जुरी समयमा पुन १ गोल गरी उक्त प्रतियोगितामै पहिलो ह्याट्रिक पूरा गरे । खेलको १६ मिनेटमा डेभिड फल्सका रुविन गुरुङले गोल गरे ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया