बैंकविरुद्ध व्यवसायी सडकमा
समाधान संवाददाता
२०७९ फागुन ११ गते ११:२०
पोखरा ।
पोखराका उद्योगी/व्यवसायीले बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै सडकमा उत्रिने भएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायी सडकमा ओर्लन लागेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार बैंक तथा वित्तीय संस्थाबाट कर्जामा गरिएको ब्याज वृद्धि, धरपकड एवं मानसिक आतंकको विरोधमा बिहीबार चिप्लेढुंगा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन आयोजना गरिएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्मको विरोध प्रदर्शनमा पोखरामा रहेका विभिन्न वस्तुगत संघको पनि सहभागिता रहने जनाए ।
निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने पनि उनले सुनाए ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया