५६ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ फागुन ११ गते १२:०२

पोखरा ।
पोखरा भ्यु पोइन्टमा आयोजना भएको खुला रक्तदानमा ५६ युनिट रगत संकलन भएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ भ्यु पोइन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य आयोजना तथा पोखरा भ्यु पोइन्ट क्लबको सहआयोजनामा कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाइटी पोखरा २२ उपशाखाको समन्वयमा बुधबार भएको रक्तदामा ११ महिलासहित ५६ जनाले रक्तदान गरेका छन् । पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले पहिलो रक्तदाताद्वय गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल र सहकारीका अध्यक्ष मात्रिकाप्रसाद बराललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान सुरुआत गरे ।

वडाध्यक्ष बरालले सहकारीको समन्वयमा विभिन्न संघ, संस्थाले रक्तदान जस्तो पवित्र कार्य गर्नु निकै प्रशंसनीय भएको बताए । रगतको विकल्पमा हालसम्म कुनै औषधी तथा वस्तु उत्पादन नभएकाले योग्यलाई बेला बेलामा रगत दिन उनले अनुरोध गरे ।
सहकारीले सामाजिक उत्तरदाहित्व अन्तर्गत राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा कार्यक्रम गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया