भीमसेन थापा र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध

गोरखा ।
गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनीसम्बन्ध कायम भएको छ । प्राकृतिक सौन्दर्यले भरपूर्ण तथा पर्यटकीय गन्तव्यको राम्रो सम्भावना बोकेको चुमनुव्री गाउँपालिका र नेपालका प्रथम मुख्तियार भीसमेन थापाको जन्मस्थान भीमसेन थापा गाउँपालिकाबीच समन्वय एवं सहकार्य गरी असल अभ्यास र अनुभव आदानप्रदान गर्ने उद्देश्यले दुई पालिकाबीच भगिनीसम्बन्ध स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर भएको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
समझदारीपत्रमा बूढीगण्डकी नदीको शिर, अहिंसाको क्षेत्र चुमभ्याली, मनास्लु किलर माउण्टेनको काखमा रहेको पर्यटकीयस्थल चुमनुव्री तथा भीमसेन थापा गाउँपालिकाको सामाजिक तथा संस्कृतिक गतिविधि आदानप्रदान गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, कृषि, पर्यटन, विपद् व्यवस्थापन, कलाको क्षेत्रमा आपसी समन्वय, सहकार्य र साझेदारी गर्ने समझदारी दुई पालिकाबीच भएको उनले जानकारी दिए ।
दुवै पालिकाले एक अर्काको ऐतिहासिक, पर्यटकीय एवं सांस्कृतिक सम्पदा प्रचारप्रसार गर्ने, स्थानीय न्यायिक समिति, मेलमिलाप केन्द्र विषयगत समिति, कार्यपालिका, वडा, गाउँसभालाई प्रभावकारी बनाउन संयुक्तरूपमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै गरिबी निवारणका लागि लघुउद्यम, जडीबुटी खेती, वन पैदावर, ऊर्जालगायत आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने, दुवै पालिकाको साझा हितका विषयमा संयुक्त पहल गर्ने अध्यक्ष बञ्जराले जानकारी दिए ।
समझदारीपत्रमा भीमसेन थापा गाउँपालिका तर्फबाट अध्यक्ष बञ्जरा, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









सम्पादकीय—लेकसाइडमा सडकको सास्ती
प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया