बालिका करणीको आरोपमा म्याग्दीमा युवक पक्राउ
समाधान संवाददाता
२०७९ फागुन ११ गते १६:२४

पोखरा ।
म्याग्दीमा बालिका करणीको आरोपमा एकजना पक्राउ परेकाछन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका ३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुंगे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले निजलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया