पोखरामा कोक मोमोरी फेस्ट हुँदै

पोखरा ।
नेपालको अग्रणी पेय पदार्थ कम्पनी कोकाकोला नेपालले पोखरामा मोमोरी फेस्ट आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम पोखराको बाराही टेम्पल ग्राउन्डमा आयोजना हुने भएको हो ।
फागुन १३ गते शनिबारको दिन आयोजना हुने कोक मोमोरी फेस्टमा विभिन्न रमाइला कार्यक्रमहरु राखिएको आयोजकले जनाएको छ ।
कोकाकोलाले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको कोकाकोला मोमो उत्सवको यस वर्षको संस्करणको रुपमा मोमोरी फेस्ट आयोजना हुन गइरहेको हो ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा १२ भन्दा धेरै स्वादका मोमोका स्टलहरु रहने छन् । अन्य रमाइला खेलकुदका स्टलहरु पनि राखिनेछन् । कार्यक्रममा लाइभ म्युजिक तथा डिजे सेसनहरु पनि राखिएका छन् ।
फेस्टमा ब्लु फायर सांगीतिक समूह तथा सिडीविजय अधिकारीको प्रस्तुति रहनेछ । कार्यक्रमको टिकट मूल्य १ सय रुपैयाँ छ । जसमा २ वटा २५० एमएलको कोकाकोलाको पेट बोतल प्रदान गरिनेछ ।








गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी
देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया