
म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिकालाई युएनडिपीद्वारा निर्मित सप्टवेयर हस्तान्तरण भएको छ । बेनी नगरपालिका क्षेत्रभित्रका संकटापन्न घरधुरीको सामाजिक–आर्थिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रममार्फत तथ्यांक संकलन गर्न सप्टवेयर हस्तान्तरण गरिएको हो ।
उक्त सप्टवेयर युएनडिपीका प्रोजेक्ट कोअर्डिनेटर सतीस पाण्डे र आरबिएम एनालिस्ट दिनेश विष्टले बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेलाई हस्तान्तरण गरेका हुन् । सोही अवसरमा प्रिन्टर मेसिन, क्युआर कोर्डसहित कार्ड पनि हस्तान्तरण गरिएको छ ।
सप्टवेयर तथा सामग्री ग्रहण गर्दै नगर प्रमुख केसीले बेनी नगरपालिकाको सबै वडामा पुगेर नगरवासीको तथ्यांक संकलन गरिने बताए । नगर प्रमुख केसीले नगरपालिकाको वडास्तरमा पुगेर तथ्यांक संकलन गरी सफ्टवेयरमा इन्ट्री गरिसकेपछि वस्तीस्तरको वास्तविक समस्या तथा अवस्थाको पहिचान गरी समाधान गर्न सहज हुने बताए ।
उनले सफ्टवेयरमा समग्र नगरवासीको शैक्षिक, आर्थिक, सामाजिक, रोजगारी, अन्य पेशा तथा व्यवसाय लगायतको अवस्थाबारे तथ्यांक संकलन गरिने बताउँदै ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुको स्वास्थ्य अवस्था र उनीहरुले नियमित प्रयोग गर्ने औषधीको विषयमा समेत तथ्यांक संकलन गरी सफ्टवेयरभित्र इन्ट्री गरिनेछ ।
बेनी नगरपालिकाका उपप्रमुख लामिछानेले स्वागत गरेको कार्यक्रम सामाजिक आर्थिक संकटापन्न सूचना व्यवस्थापन प्रणाली कार्यक्रमका कार्यक्रम संयोजक भरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । युएनडिपी र बेनी नगरपालिकाको साझेदारी तथा संगम म्याग्दीको समन्वय र व्यवस्थापनमा नगर क्षेत्रमा तथ्यांक संकलन गर्न लागिएको बेनी नगरपालिकाले जनाएको छ ।
सफ्टवेयर हस्तान्तरणपछि तथ्यांक संकलनमा खटिने स्वयंसेवकहरु, संगम म्याग्दीको आन्तरिक जनशक्तिसहित २७ जनालाई सहजीकरण गरिएको थियो । उक्त कार्यक्रममा युएनडिपीका प्रोजेक्ट कोअर्डिनेटर पाण्डे र आरबिएम एनालिष्ट विष्टले सहजीकरण गरेका थिए ।
कार्यक्रममार्फत आम नगरवासीलाई आफ्नो यथार्थ सूचना र विवरणहरु दिएर सहयोग गर्न आह्वान गरिएको छ । युएनडिपी, संगम म्याग्दी र बेनी नगरपालिकाको सहकार्यमा सञ्चालन हुने तथ्यांक संकलन कार्यक्रमबाट नगरवासीको वास्तविक अवस्था पत्ता लगाउन र आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।







गृह र अध्यागमनको टोली कोरला नाकामा
२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया