मौलिक बाजा संरक्षणका लागि तालिम: उपप्रमुख गुरुङ

समाधान संवाददाता २०७९ फागुन १२ गते १२:२३

पोखरा ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय मौलिक बाजाहरुको संरक्षण लागि प्रयास गरिरहेको बताएकी छन् । पोखरा महानगरका वडाहरुले स्थानीय बाजा बजाउने तालिहरु सञ्चालन गरेर संरक्षणको प्रयास गरिरहेको बताइन् ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको मादल बजाउने सम्बन्धी १५ दिने तालिमको समापन कार्यक्रममा बोल्दै उनले स्थानीय बाजाहरुको संरक्षणका लागि यस्ता तालिमहरुले भूमिका खेलेको सुनाइन् । ‘स्थानीय बाजा लोप हुँदै गएका बेला यस्ता तालिमहरुले संरक्षणमा भूमिका खेलेका छन्,’ उनले भनिन् ।

उनले विवाह, व्रतबन्धन लगायत धार्मिक कार्यहरुमा मौलिक र स्थानीय बाजाहरुको प्रयोग हुने गरेको भएपनि पछिल्लो समय लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् । बजाउने मान्छेहरुसमेत नपाउने अवस्था सिर्जना भएको छ,’ उनले भनिन् ।

तालिमले स्थानीयहरुलाई अभावलाई सहज हुने विश्वास उनले व्यक्त गरिन् । उनले तालिमबाट प्राप्त सिपलाई समाजमा उपयोग गरेर आयआर्जनसँग पनि जोड्न सकिने उल्लेख गरिन् ।

कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य कल्पना भुवाजी क्षेत्री, प्रशिक्षार्थीको तर्फबाट कल्पना लामिछाने, प्रशिक्षक धर्मेन्द्र पौडेल लगायतले बोलेका थिए ।

Advertisement

कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको थियो । तालिममा उत्कृष्ट विष्णु शर्मालाई मादल प्रदान गरिएको थियो । उपप्रमुख गुरुङ र वडा अध्यक्ष बरालले मादल हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया