अली मियाँ लोक वाङ्मय पुरस्कारबाट शर्मा पुरस्कृत हुने

समाधान संवाददाता २०७९ फागुन १२ गते १५:४५

पोखरा ।
साहित्यकार तथा समीक्षक विष्णुप्रसाद शर्मालाई यस वर्षको अली मियाँ लोक वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार राशि नगद २० हजार र सम्मानपत्र छ ।

शर्माका अलि मियाँका लोकगीतको अध्ययन २०६६, भाषा शिक्षणका केही सन्दर्भ २०६९, प्रायोगिक भाषा विज्ञानका प्रमुख आयाम २०६९, नेपाली भाषा शिक्षण २०७४, उत्तरवर्ती साहित्य सिद्धान्त: प्रवृत्ति र प्रयोग २०७८, नेपाली भाषा शिक्षणका प्रायोगिक पक्ष २०७८, प्रतिबिम्ब कथा सङ्ग्रह २०७९ जस्ता पुस्तकाकार कृति प्रकाशित छन् ।

शर्माले नेपाली लोकगीतमा अलि मियाँको योगदान २०६६, स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको पटन बोध क्षमता २०६६, स्नातक तहमा नेपाली व्याकरण शिक्षण प्रव्रिmयाको अवस्था २०७६, समकालीन नेपाली कथामा सीमान्तीयता २०७७, नेपाली भाषा शिक्षणमा रचनामुखी व्याकरण शिक्षणको उपयोग २०७७, सिकाइ सहजीकरणलाई सिकारुमैत्री र सहभागितामूलक बनाउने उपाय सम्बन्धमा नेपाली भाषा शिक्षकहरूको अभिमत २०७९ आदि विषयमा अनुसन्धानसमेत गरेका छन् ।

Advertisement

प्रतिभा छनोट समिति संयोजक लोकचन्द्र खनाल, सदस्यद्वय फणीन्द्र अकिञ्चन र दीलिप गायक रहेको समितिले शर्मालाई सिफारिस गरेको हो । वि.सं. २०३० वैशाख १ गते पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाका जन्मेका शर्मा हाल पोखरा १७ विरौटामा बसोबास गर्छन् ।

नेपाली शिक्षा विषयमा एमफिल तह पूरा गरी हाल विद्यावारिधि गर्दै गरेका शर्मा पृथ्वीनारायण क्याम्पसमा नेपाली विषयका उपप्राध्यापक छन् । लोककवि अली मियाँको १ सय ५ औं जन्म जयन्तीको अवसरमा आगामी फागुन १५ गते हुने कार्यक्रममा यो पुरस्कार प्रदान गरिनेछ । १९७५ सालमा पोखराको कुँडहरमा जन्मिएका अली मियाँको २०६३ साउन १७ गते निधन भएको थियो ।

Advertisement

यसअघि यो पुरस्कारबाट पद्यराज ढकाल, सोम बज्राचार्य, धनबहादुर गायक, सकुन ज्ञवाली, भीष्म बास्तोला, ऋतु लामा, अम्बिका भण्डारी लगायत सम्मानित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया