माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्षले कुटे प्राविधिक

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका कार्यरत असिस्टेन्ट सब इन्जिनियर लक्ष्मण जिसीले वडाध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । वडा नम्बर ८ अध्यक्ष रामबहादुर गुरुङले शुक्रबार आफ्नै कार्यकक्षमा गालीगलौज तथा कुटपिट गरेको भन्दै गुरुङलाई कारबाही गर्न मागसहित इन्जिनियर जिसीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् ।
वडाध्यक्ष गुरुङले इन्जिनियरसँग भनेको नमानेकाले भनाभन हुँदा धकेलाधकेलमात्र भएको प्रतिक्रिया दिएका छन् । ‘ मैले उहाँलाई फोन गरेर ल्याङको सामुदायिक होमस्टेको कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्दैऊ है भाइ भनेपछि उहाँले हुन्छ भन्नुभयो । अनि मलाई त लाग्यो उहाँ जानुभो, मैले ल्वाङमा फोन गरेर प्राविधिक आउनुभएन भने,’ वडाध्यक्ष गुरुङले भने, ‘जहिले पनि उहाँ ढिलो आउनुहुन्छ, उहाँ आएपछि किन ढिलो भनेर उहाँलाई सोध्दा उहाँले चर्को स्वरमा कुरा गर्नुभो, त्यसपछि म पनि अलिकति एग्रेसिभ भए, अनि ढकेलिदिएको हो ।’
जिसीमाथिको कुटपिटको विरोधमा कर्मचारीआवद्ध संग–संगठनले विरोध गरेका छन् । कार्यालय उजुरी परिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान खड्काले बताए ।‘भर्खर निवेदन परेको छ, त्यो बारेमा अनुसन्धान गर्दैछौं,’ सूचना अधिकारी खड्काले भने ।










क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया