गण्डकीमा राप्रपाका मन्त्री गुरुङले आइतबार राजीनामा दिने

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकी प्रदेशबाट पनि बाहिरिने तयारी गरेको छ । गण्डकीमा राप्रपाबाट पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री भएका छन् । उनले राजीनामा बुझाउने तयारी गरेको बताएका छन् ।
‘म काठमाडौंबाट आउँदै छु, माथिको निर्णय हामीले मान्नुपर्ने हुन्छ, पोखरा आएपछि सल्लाह गरेर आइतबार राजीनामा दिन्छु,’ गुरुङले भने ।
गुरुङ मुख्यमन्त्रीसँगै पुस २५ गते विना विभागीय मन्त्री भएका थिए । त्यसको १५ दिनपछि पुस १० गते उनलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्रदान गरिएको थियो ।
एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारमा अन्य दलमा माओवादी केन्द्र, राप्रपा सहभागी छन् । एमालेबाट मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री सीता सुन्दास, आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहामगर र कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ बनेका छन् ।
माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया