देवघाट र म्याग्देमा भोलि विदा

समाधान संवाददाता २०७९ फागुन १४ गते ११:१३

दमौली ।
मगर संघले आफ्नो स्थापना दिवसका दिन फागुन १५ गते सार्वजनिक विदा माग गरेको छ । तर संघीय सरकारले उसको माग सुनेन । तनहुँको देवघाट र म्याग्दे गाउँपालिकाले भने उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

Advertisement

४१ औं मगर दिवसका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त दिन गाउँपालिका अन्तर्गतका कार्यालय, शैक्षिक संस्था बन्द रहनेछ ।

यसअघि जिल्लाकै म्याग्दे गाउँपालिकाले पनि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया