दोहोरी गीत प्रतिष्ठानमा रीता

समाधान संवाददाता २०७९ फागुन १४ गते ११:२५

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत भएकी छन् । प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनले लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थापामगरसहितको नेतृत्व चुनेको हो ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण, सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल छन् ।

७ जनाको खुला उपाध्यक्षमा भने १० जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, शंकर विसी र तारापति सुवेदीको उम्मेदवारी परेको छ ।

Advertisement

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत बने । उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (सांगठनिक) र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत भए । महिला सचिवमा जमुना राना सर्वसम्मत बनिन् ।

सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएका छन् । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ । ३ जनाको खुला सचिव पदमा पनि ५ र २ जनाको तथा सहकोषाध्यक्ष (खुला) पदमा ३ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

सबै पदमा केही दिनअघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो । खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन भने गरिसकेको छैन ।

सर्वसम्मत नभएका यी पदमा परेका उम्मेदवारी फिर्ता लिने समयसम्ममा पदाधिकारीको सबै पद सर्वसम्मत हुनसक्ने बताइएको छ । यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

शुक्रबार राति नै मनोनयन दर्ता खुला गर्ने कार्यतालिका भए पनि सर्वसम्मतको कसरतले शनिबार दिउँसो १२ बजेपछि मात्रै मनोनयन खुला गरिएको थियो ।

तपाईको प्रतिक्रिया