राष्ट्रपतिमा समर्थन खोज्दै एमाले

समाधान संवाददाता २०७९ फागुन १४ गते ११:५२

पोखरा ।
नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसदमा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको बताए ।

राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्राचार गरेका हुन् ।

Advertisement

एमालेको शनिबार बसेको सचिवालय बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रहेकाले सोबाहेकका अन्य पार्टीलाई राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका पत्र पठाउने निर्णय गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया