किसान महासंघ कास्कीमा देवेन्द्र

समाधान संवाददाता २०७९ फागुन १४ गते १२:३२

पोखरा ।
अखिल नेपाल किसान महासंघ कास्कीको जिल्ला सम्मेलन भएको छ । सम्मेलनले अध्यक्ष देवेन्द्र शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । महासंघ कास्कीका उपाध्यक्षमा इन्दिरा आचार्य, सचिव सन्तोष भण्डारी, सहसचिव खेमराज बराल र कोषाध्यक्षमा इन्द्रकुमारी आचार्य (अम्बिका) छन् ।

Advertisement

कार्यसमिति सदस्यमा मनिला राना, विष्णुप्रसाद सुवेदी, झलकप्रसाद बराल, डम्बरबहादुर पौडेल, बाबुराम भण्डारी, रीता सुवेदी ढकाल, पार्वतीदेवी आचार्य, ईन्द्रप्रसाद गौतम र सन्तोष पराजुली छन् । कार्यसमितिका सदस्यमध्ये पोखरा २२ का झलकप्रसाद बराललाई पोखरा महानगरपालिका संयोजक तोकिएको छ ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव तथा बर्दियाको बाँसगढी नगरपालिकाका मेयर खड्गबहादुर बस्नेतले सम्मेलन उद्घाटन गर्दै कृषिको व्यवसायिक रुपमा विकास विकास गर्नुपर्ने बताए । गण्डकी प्रदेशका कृषि तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिए ।

वास्तविक किसानको तथ्यांक संकलन गर्ने जानकारी दिँदै उनले किसानको वर्गीकरण गर्ने बताए । उनले एकलभन्दा जग्गाको खण्डिकरण गरी सामूहिक रुपमा खेती गरे कृषिको उत्पादन बढाउन सकिने उल्लेख गरे ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव गोवद्र्धन गौली, कास्कीका इन्चार्ज रघुनाथ भण्डारीले किसान महासंघले पालिका स्तरका गतिविधि गरेर किसानको हकहितमा काम गरेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया