पाेखरा महानगर १ बजे पछि बन्द हुने
समाधान संवाददाता
२०७९ फागुन १४ गते १२:५०

पोखरा ।
पोखरा महानगरपालिकाले वडा नम्बर ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधनको शोक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो १ बजेपछि सेवा प्रवाह बन्द हुने विज्ञप्तिमार्फत महानगरले
जानकारी दिएको छ ।
‘श्रेष्ठको निधनमा आज पोखरा–४ को वडा कार्यालयको सेवा प्रवाह पूर्ण रुपमा बन्द हुने तथा अपरान्ह १ बजेपछि शोकसभा गरि महानगरका सबै शाखा/महाशाखा र वडाको पनि सेवा स्थगित गरिनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थमा समस्या देखिएको थियो । उनको आइतबार सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।
श्रेष्ठ नेपाली काङ्ग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया