अञ्जुली आवासीय विद्यालयको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ फागुन १४ गते १४:४०

पोखरा ।
अञ्जुली आवसीय माध्यामिक विद्यालयको ३० औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वार्षिकोत्वसमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । दीर्घसेवा सम्मानबाट शिक्षक गोविन्द पौडेल, राजनखत्री, कृष्णबहादुर मल्ल, सम्मानित भएका छन् ।

Advertisement

त्यसैगरी शैक्षिक प्रशाशनतर्फ विद्यालयकी प्रध्यानाध्यापक सुनीता कुँवर केसी, परीक्षा संयोजक खेमराज अधिकारी, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण पौडेल, विद्यालयका गतिविधि सञ्चालनतर्फ प्रेमनारयण ढकाल, नृत्य प्रशिक्षक रवीन्द्र गुरुङ, लेखाशाखा पार्वती पुनलाई सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयको आवास कर्मचारीतर्फ शिव बस्याल, माया रोका र रवीन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेवीले शिक्षाको क्षेत्रमा विद्यलयले उत्कृष्टता हासिल गरेको बताए । ‘यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले विदेशमा गएर पनि छात्रवृत्तिमा नाम निकालेर पढेको अभिलेख पाइयो’, सुवेदीले भने, ‘त्यसैले यस विद्यालयको पढाइ विश्वस्तरको छ भने प्रमााणित हुन्छ ।’ उनले आगामी दिनमा पनि विद्यालयको उत्कृष्टतालाई कायम राख्न विद्यालय प्रशाशन लाग्न सुझाव दिए ।

कार्यक्रममा एन प्याव्सनकास्कीकाअध्यक्ष हेमन्त अधिकारीले पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यालयको सहभागिता उत्कृष्टता रहेको बताए । कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक सुनीता कुँवर केसीले विद्यालयको आर्थिक, भौतिक, शैक्षिक तथा वार्षिक प्रगति प्रतिवेदन पेश गरेकी थिइन् ।

Advertisement

विद्यालयका संस्थापक निर्देशक राजु केसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्णप्रसाद भण्डारी, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद अधिकारी, युनिप्स नेपालका अध्यक्ष शान्तबहादुर गुरुङ, अभिभावक बैकुण्ठरमण पराजुली, भूपू विद्यार्थी डा.यज्ञराज अधिकारी, शिक्षक प्रेमनारायण ढकाल, लक्ष्मण पौडेल, विद्यार्थी कृतिका तिम्सिना, दृश्या पौडेल लागयतले बोलेका थिए । २०५० साल पुस १५ गते स्थापना भएको विद्यालयमा हाल ५ सय ५० विद्यार्थी र ३६ जना कर्माचारी छन् । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया