धादिङ कल्याणकारीको नयाँ समिति

लेखनाथ ।
धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि बुद्धराज बस्यालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मीनबहादुर दवाडी र कुलबहादुर रोक्का, महासचिव मिस्टर रोक्का, सचिव बाबुराम तिमिल्सेना, सहसचिव दमै सार्की, कोषाध्यक्ष हरि दवाडी र सहकोषाध्यक्षमा ईश्वर रोक्का छन् । सदस्यमा गोकुल सिलवाल, गोकुल बस्याल, प्रमिला बसेल, सुष्मा बयलकोटी, संगिता रानामगर, गंगा नेपाली, फूलमाया नेपाली, दुर्गा दवाडी र सीताराम रोक्का छन् ।
कार्यक्रममा पोखरा २६ का कार्यवाहक अध्यक्ष तीर्थराज रानाभाटले समाजले स्थापना कालदेखि नै मानव सेवा र समाजसेवा गरिरहेको भन्दै वडाको तर्फबाट सहकार्य हुने बताए । धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुले कल्याणकारी समाजले मानव सेवाका काम गरेको बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ जेका डिस्ट्रिक्ट अफिसर रामचन्द्र सेडाई, ज्येष्ठ नागरिक कुलबहादुर नेपाली, समाजसेवी ओमबहादुर रानाभाट, कार्यक्रम संयोजक हरि दवाडी, समाजका उपाध्यक्ष बुद्धराज बस्याल, संस्थापक अध्यक्ष गोपाल नेपाली, चन्दादाता दीपेन श्रेष्ठ र मुस्कान लामा, उपाध्यक्ष बुद्धराज बस्याल, महासचिव तिलक रोका लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष तेजबहादुर बस्यालको अध्यक्षतामा भएको सभामा सचिव मिस्टर नेपालीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीनबहादुर दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया