डायमन्ड माविको वार्षिकोत्सव

लेखनाथ ।
पोखरा २७ तालचोक स्थित डायमन्ड माविले ३५ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । शुक्रबार र शनिबार विविध कार्यक्रम भएका हुन् । समारोहमा भएको फुड फेस्टिभलले धेरैको ध्यान तानेको थियो ।
शनिबार भएको कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले विद्यार्थीलाई किताबी ज्ञानका साथमा व्यवहारिक र अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा दिनुपर्ने बताए ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ लगायतले बोलेका थिए । विगत ३ वर्षदेखि कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढाइ सञ्चालन गर्दै आएको विद्यालयले वार्षिक कार्यक्रम अनुसार नै फुड फेस्ट आयोजना गरेको माधवशरण उपाध्यायले बताए ।
पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिक संकायका डिन अजय थापाले शैक्षिक क्षेत्रको उन्नयन र विकासका लागि सरकारी, गैह्रसरकारी, निजी संघ, संस्था र मिडियाको भूमिका उल्लेखनीय हुने बताए ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया