लामाे समयपछि पोखरामा हिउँदे वर्षा
समाधान संवाददाता
२०७९ फागुन १४ गते १५:१२

पोखरा ।
पोखरामा आइतबार हिउँदे वर्षा भएको छ । लामो समय पछि परेको पानिले हिउँदे खेतीलाई केहि राहत पुग्ने देखिन्छ । चार महिनापछि गत बिहीबार पनि वर्षा भएको थियो । बिहीबार पानीसँगै असिनासमेत पर्दा मालमुलफाँट, गगनगौंडा, भरतपोखरीमा तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति पुगेको थियो ।
पोखरालगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
काठमाडौँ उपत्यकामा पनि आज छिटपुट वर्षाको सम्भावना छ । दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया