मादी १२ भगवतीटारमा आलु महोत्सव

पोखरा ।
कास्कीको मादी गाउँपालिका–१२ भगवतीटारमा आलु महोत्सव भएको छ । कृषकको उत्पादनले बजार पाउन मुस्किल भएपछि गाउँमै महोत्सव गरिएको हो । शनिबारे महोत्सवमै आलु बेचिरहेका भेटिए ६० वर्षीय नारायण पौडेलले स्थानीय कृषकले बनाएको भगवतीटार हरियाली कृषक समूहका सदस्यले उब्जाएको आलु बेच्नै थिए ।
५ हजार बढी किलो जम्मा गरेपछि बेच्न राखिएको थियो । ‘अघिल्लो वर्ष मैले उत्पादन गरेको अदुवा व्यापारीले ४० रुपैयाँ किलोमा किनेर ४० रुपैयाँ पाउमा बेचेको देखें,’ उनले भने । बजार नपाउँदा उनले १० वर्षयता खेती गरे पनि आर्थिक उपार्जन भने भएको थिएन । महोत्सव सकुन्जेल उनले बेच्न राखेको आलु लगभग सकिइसकेको थियो । मादी गाउँपालिकाकै अरु वडाबाट आएका ग्राहकले बोरामा आलु ओसारिरहेका थिए । आलु किन्नेको भीडमा थिइन्, मादी १० कसेरीकी छलिमाया परियार । उनी पौडेलको स्टलबाट ३० किलो आलु बोरामा हालेर हिँडिन् । ४० रुपैयाँ किलोमा आलु पाएपछि उनले त्यहाँबाट ३० किलो किनिन् । ‘बजारमा ६० रुपैयाँसम्म लिन्छन्, औषधि हालेको आलुलाई । यो अर्गानिक भन्ने सुनेर किनेकी हुँ,’ उनले भनिन् ।
पोखराबाट लगभग एक घण्टाको यात्रामा पुगिन्छ भगवतीटार । यहाँका फाँटमा खाली खेत देखिँदैनन । जौ, आलु, तोरीजस्ता बालीले भरिएका छन् । यहाँ आलु, मुला जस्ता तरकारीको उब्जनी एकदमै राम्रो भएको कृषक बताउँछछ । ग्राहक नपुग्ने र तरकारीलाई पोखरा बजार झार्दा लागत बढ्ने भएपछि त्यहाँको व्यापार उम्दा छैन । तरकारीलगायतका उब्जनी भण्डारण गर्न कोल्डस्टोर पनि छैन । बजार नपाएपछि महोत्सव गरिएको वडाध्यक्ष कृष्णराज दाहालले बताए । मादी १२ मा ५ सय रोपनी जग्गामा करिब ४० हजार किलो आलु उत्पादन भएको उनको दाबी छ । वडाले ६ हजार किलो आलुको बीउ अनुदानमा स्थानीय कृषकलाई दिएको थियो ।
तपाईको प्रतिक्रिया