इलेक्ट्रिक स्कुटरको सोरुम सेगवे

समाधान संवाददाता २०७९ फागुन १४ गते १५:४१

पोखरा ।
पोखरामा सेगवेको सोरुम सञ्चालनमा आएको छ । पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आइहब प्रालिका निर्देशक लोकेश वली र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले संयुक्त रुपमा उद्घाटन गरे । शोरुम पोखराका व्यवसायी प्रदीप पहारीले सञ्चालनमा ल्याएका हुन् ।

पोखराको वातावरणलाई सुहाउँदो इलेक्ट्रिक स्कुटरहरु सेगवेमा उपलब्ध हुने आइहब प्रालिका निर्देशक लोकेश वलीले जानकारी गराए । उनका अनुसार सेगवे अमेरिकन कम्पनी र चाइनिज कम्पनी मिलेर बनेको कम्पनी हो ।‘सेगवे नेपालमा आएको एक वर्ष पुगिसक्यो । काठमाडौंमा यसले राम्रो मार्केट लिएको छ । पोखरामा पनि सफलता मिल्नेमा आशावादी छौं’, उनले भने ।

२ लाख ६० हजार, २ लाख ९१ हजार, ३ लाख ६० हजार र ३ लाख ९१ हजार रुपैयाँको स्कुटर अहिले सेगवेमा उपलब्ध रहेको जानकारी उनले गराए । वलीले इलेक्ट्रिक स्कुटरमा किनिसकेपछि खासै खर्च नहुने बताए । उनका अनुसार इलेक्ट्रिक स्कुटर एकपटक चार्ज गरिसकेपछि त्यसले ७५ किमी सम्म माइलेज दिन्छ ।

Advertisement

बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउने सञ्चालक प्रदीप पहारी बताउँछन् । ‘सोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन्,’ उनले भने ।

सोरुममा सेगवेका लोकप्रिय इलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु रहेको उनले बताए । ग्राहकहरुलाई उत्पादनहरु परीक्षण गर्ने र जानकार कर्मचारीहरुबाट विशेष मार्गदर्शन प्राप्त गर्ने मौका प्रदान गर्ने गरी पोखरामा सञ्चालनमा ल्याइएको भनाइ उनको छ ।

Advertisement

तपाईको प्रतिक्रिया