एसइई प्रश्न बैंक कार्यशाला

समाधान संवाददाता २०७९ फागुन १४ गते १५:५५

पोखरा ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि पोखरामा सुरु एसईई प्रश्न बैंक निर्माण कार्यशाला आइतबार सकिएको छ । कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा प्रक्रियालाई व्यवस्थित गर्न बोर्ड लागि परेको बताएका थिए ।

Advertisement

उनले विद्यार्थीलाई हामीले दिने ज्ञानले व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको समेत औंल्याउनुभयो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले संघीय शिक्षा ऐन नआएको हुनाले प्रदेशमा शिक्षा ऐन ल्याउन अप्ठारो भएको सुनाए ।

शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले कार्यशाला ७ वटा प्रदेशमध्ये प्रदेशस्तरबाट भएको यो पहिलो कार्यक्रम रहेको जानकारी दिए ।

कार्यक्रममा शिक्षा इकाई समन्वय समितिका प्रमुख नारायण शर्मा, सहजकर्ता डाक्टर टीकाराम भट्ट, नेपाल शिक्षक संगठनका पूर्व अध्यक्ष जगन्नाथ अधिकारी, निर्देशनालयका उपसचिव नारायणप्रसाद पौडेल लगायतले बोलेका थिए ।

कार्यशालामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विभिन्न विद्यालयका प्रध्यानाध्यापक, विषयगत शिक्षकहरुको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया