सिलिंगे महिला चेतना समूहमा कर्णकुमारी

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ स्थित सिलिंगे महिला चेतना समूहको १६ औं वार्षिक साधारणसभा एवम् सातौं अधिवेशनले पुनः कर्णकुमारी महतलाई अध्यक्ष निर्वाचित गरेको छ । सर्वसम्मत निर्वाचित १३ सदस्यीय कार्यसमितिको उपाध्यक्ष सरला महत, सचिव सीता केसी महत, कोषाध्यक्ष सविता आचार्य पौडेल, सहसचिव विष्णु पौडेल छिन् ।
सदस्यमा लक्ष्मी जमरकटेल, गंगा क्षेत्री, जौमाया विक, सम्झना भट्टराई, विष्णुमाया विक, सुनीता अर्याल महत, जमुना महत र सविता पौडेल छिन् । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले सिलिंगे महिला चेतना समूहको सक्रियता अनुकरणीय भएको बताए ।
समूहकी अध्यक्ष कर्णकुमारी महतले समूहको सक्रियतामा सदस्यहरूलाई विभिन्न सिपमूलक तालिमका साथै ऐतिहासिक चौतारा, प्रतीक्षालय लगायत निर्माण गरिएको बताइन् । समूहले आगामी दिनमा पाण्डेबारीमा चौतारा निर्माणसँगै वातावरण संरक्षणका कार्यक्रम, चेतना एवम् सीपमूलक तालीम प्रदान लगायत काम गर्ने उनले सुनाइन् ।
समूहकी सचिव सीता केसी महतको सञ्चालन एवम् उपाध्यक्ष सरला महतले स्वागत गरेको कार्यक्रममा वडा सदस्य विनोदबाबु भण्डारी, रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, चेतबहादुर महत लगायतले समूहले सामाजिक सचेतनासँगै ऐतिहासिक स्थलहरूको संरक्षण र विकासमा गरेको योगदान प्रशंसनीय भएको बताए ।
उक्त अवसरमा समूहका संस्थापक सल्लाहकार एवम् पदाधिकारी एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । अधिवेशन सम्पन्न गर्नका लागि वासुदेव पौडेलको संयोजकत्वमा हेमबहादुर थापा र राधा पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया