निलगिरि विद्यालयको ३४ औं वार्षिकोत्सव

पोखरा ।
निलगिरि इङ्लिस बोर्डिङ स्कुले विद्यालयको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशसभाकी सांसद राजकुमारी भुजेलले निजी क्षेत्रका विद्यालयहरुले नेपालको शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याउँदै आएको बताइन् ।
भुजेलले निलगिरि विद्यालयलाई आफूले पोखराको एक प्रतिष्ठित विद्यालयको रुपमा चिन्दै आएको र यस विद्यालयले आफ्ना विद्यार्थीहरुलाई गुणस्तीय शिक्षा दिन कुनै कसर बाँकी नराखेको समेत बताइन् । कार्यक्रमका शिक्षा विकास तथा समन्वय इकाई, कास्कीका प्रमुख नारायण सुवेदीले विद्यार्थीहरुमा पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा इन्टरनेट दुरुपयोगको नकारात्मक छाप परेको बताए ।
कार्यक्रमका अर्का वक्ता प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले निजीक्षेत्रका विद्यालयहरु माथि जिम्मेवारी र चुनौती दुबै रहेको औंल्याए । अध्यक्ष पौडेलले निजी विद्यालयहरुलाई सरकारले आफ्नो प्राथमिकतामा नराखेकाले निजी विद्यालयहरु मर्कामा परेको गुनासो गरे ।
सांसद भुजेलले निलगिरि स्कुलबाट २०७८ सालको एसइई परीक्षामा विद्यालयको तर्फबाट सर्वोत्कृष्ट जिपिए हासिल गर्ने छात्र मुकेश पंगेनी र छात्रा आयुस्था मर्सानीलाई विद्यालयको तर्फबाट निलगिरि विद्यापदक सम्मान प्रदान गरिन् ।
सम्मानित दुबैजना विद्यार्थीलाई आर्जना स्मृति फाउण्डेशनका संरक्षकद्वय दिलीप श्रेष्ठ र नीरा श्रेष्ठले आर्जना स्मृति छात्रवृत्ति स्वरुप जनही १० हजार, एक सय, ११ रुपैयाँ र कदर–पत्र प्रदान गरे । कार्यक्रममा विद्यालयमा दसवर्ष भन्दा लामो समयदेखि कार्यरत शिक्षिका विपना लकालीलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो ।
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा चर्चित गायक रामभक्त जोजिजूको सांगीतिक प्रस्तुति थियो । विद्यालयका अध्यक्ष रामु गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य अमुत सुवर्णकारले गरेका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया