घुम्टे बचत तथा ऋण सहकारीकाे साधारणसभा

पाण्डबखानी ।
गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको घुम्टे बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा भएको छ । सहकारीका अध्यक्ष चन्द्रकुमारी श्रीस (आसा) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा पूर्वसंविधानसभा सदस्य नरबहादुर पुन (निरज) थिए ।
कार्यक्रममा एकल महिला, जेष्ठ नागरिक, कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी, असल ऋणी, पत्रकार सुरेश छन्त्याललगायतलाई समेत सम्मान गरिएको थियो । अध्यक्ष श्रीसले प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सहकारीमा ३२५ बाल बचत, ५७७ बचतकर्ता संगै ५७७ शेयर सदस्य रहेका र दुई करोड ६० लाख ४५ हजार तीन सय साठी रुपैयाँ पुँजी रहेको आर्थिक सदस्य गिरीप्रसाद घर्तिले जानकारी दिए ।
आशा श्रीसको अध्यक्षतामा पुन कार्य समिति गठन भएको छ । सप्तरंगी बचत तथा ऋण सहकारीका कार्यकारी प्रबन्धक दिप घर्ती, महिला जागरण केन्द्रका अध्यक्ष राधिका पुन, समाजसेवी मानसिंह छन्त्याल, वडाअध्यक्ष भक्तबहादुर काउचा, नगर कार्यपालिका सदस्य रामप्रसाद विकलगायतले शुभकामना दिएका थिए ।
कोषाध्यक्ष तेजकुमारीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव कर्णकुमारी काउचाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया