घुम्टे बचत तथा ऋण सहकारीकाे साधारणसभा

पाण्डबखानी ।
गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको घुम्टे बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा भएको छ । सहकारीका अध्यक्ष चन्द्रकुमारी श्रीस (आसा) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा पूर्वसंविधानसभा सदस्य नरबहादुर पुन (निरज) थिए ।
कार्यक्रममा एकल महिला, जेष्ठ नागरिक, कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी, असल ऋणी, पत्रकार सुरेश छन्त्याललगायतलाई समेत सम्मान गरिएको थियो । अध्यक्ष श्रीसले प्रतिवेदन र लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सहकारीमा ३२५ बाल बचत, ५७७ बचतकर्ता संगै ५७७ शेयर सदस्य रहेका र दुई करोड ६० लाख ४५ हजार तीन सय साठी रुपैयाँ पुँजी रहेको आर्थिक सदस्य गिरीप्रसाद घर्तिले जानकारी दिए ।
आशा श्रीसको अध्यक्षतामा पुन कार्य समिति गठन भएको छ । सप्तरंगी बचत तथा ऋण सहकारीका कार्यकारी प्रबन्धक दिप घर्ती, महिला जागरण केन्द्रका अध्यक्ष राधिका पुन, समाजसेवी मानसिंह छन्त्याल, वडाअध्यक्ष भक्तबहादुर काउचा, नगर कार्यपालिका सदस्य रामप्रसाद विकलगायतले शुभकामना दिएका थिए ।
कोषाध्यक्ष तेजकुमारीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव कर्णकुमारी काउचाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया