विन्ध्यवासिनी माविका विद्यार्थीको पुनर्मिलन
पोखरा ।
अर्चलबोट, वरपाटनमा रहेको विन्ध्यवासिनी माध्यामिक विद्यालयबाट २०५३/५४ सालमा विद्यालयको अध्ययनपछि छुटेका भूतपूर्व विद्यार्थीहरुले विद्यालय छाडेको २५ औं वर्ष (रजत वर्ष) को उपलक्ष्यमा पुनर्मिलन गरेका छन् ।
पोखरा ११ काहुँडाडा भएको विद्यार्थी पुनर्मिलन तथा भेटघाट कार्यक्रममा ३७ जना पूर्व विद्यार्थी सहभागी थिए । व्यक्तिगत जीवन र पेशाले देशका विभिन्न ठाउँमा भएका सहपाठीहरु भेला भएको कार्यक्रम संयोजक जीवन अधिकारीले बताए ।
भेलाले भविष्यमा समेत यस्ता कार्यक्रमको संयोजन तथा समूहको तर्फबाट सम्भव हुने सामाजिक काममा सहकार्यका लागि ११ सदस्यीय वरपाटन समूह समेत गठन गरेको छ ।
प्रदीप पराजुलीको अध्यक्षतामा गठित समूहको उपाध्यक्षमा जीवन अधिकारी, द्वितीय उपाध्यक्ष सुधीर श्रेष्ठ, सचिव धनबहादुर मगर र कोषाध्यक्ष इन्दु तामाङ छन् । समूहका सदस्यहरु सुवास सैंजु, रीता अधिकारी, हरि बराल, सुजित कार्की, रमेश घिमिरे, र शुभ–दर्शन पुन छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया