प्रतिभा माविमा शैक्षिक प्रदर्शन तथा सांगीतिक कार्यक्रम

पोखरा ।
पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शुक्रबार शैक्षिक प्रदर्शन तथा सांगीतिक कार्यक्रम सम्पन्न गर्यो । वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन)को प्रमुख आतित्थ्तामा सम्पन्न कार्यक्रममा बरालले विद्यार्थीहरुको आन्तर्निहित क्षमताको कदर गर्दै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निमार्णबाट आफू अत्यन्त खुसी भएको बताउँदै विद्यालयले विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई बुझी बेलाबेलामा यस्ता प्रदर्शन गराउनुपर्ने खाँचो औंल्याए ।
विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफूमा रहेको अन्तर्निहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक सामग्री निमार्णले शिक्षण सिकाइमा समेत प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले यही फागुन २६ गते पोखराको सभाहलमा अभिभावक उत्प्रेरणा तथा सम्मान कार्यक्रम राखिएको जानकारी दिए । उक्त कार्यक्रमा नेपालका ख्यातिप्राप्त मोटिभेटर रवि कटुवालले प्रशिक्षण दिने साथै रचना रिमालको सांगीतिक प्रस्तुति रहनेसमेत जानाकारी गराए ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले पाठ्य पुस्तकसँग सम्बन्धित विषयवस्तुलाई आधार बनाई विभिन्न विषयका शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । यसैगरी आइएनजी गु्रपबाट मनोरञ्जनात्मक खेलका साथै माई सेकेन्ड टिचर नामक गु्रपले पनि विभिन्न किसिमका शैक्षिक तथा ज्ञानबद्र्धक सामग्री प्रस्तुत गरेको थियो ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माइ सेकेण्ड टिचरकी कलाकार एलिसा राईले शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरु सेरिना खत्री र जस्मिना मल्लले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक एवम् सांगीतिक कार्यक्रम र गण्डकी प्रदेश स्तरीय नाटकमा उत्कृट भएको नाटक ‘राजधानीको यात्रा’ पनि मञ्चन भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारीदिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया