पल शाह आज जेलमुक्त हुँदै

पोखरा ।
बाल यौन दुव्र्यवहारको आरोपमा तनहुँ प्रहरी कार्यालयको हिरासतमा रहेका कलाकार पल शाह सोमबार छुट्ने भएका छन् । उच्च अदालत पोखराले आइतबार अभियोग सफाइ दिए पछि शाह आज रिहा हुन लागेका हुन ।
पोखरा उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले आइतबार शाहको मुद्दामा प्रमाण नपुग्ने भन्दै सफाई दिएको थियो ।
उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको विरुद्ध उनी उच्च अदालत गएका थिए ।
गतवर्ष तनहुँ जिल्ला अदालतले शाहलाई कैद सजाय गर्ने निर्णय गरेकोमा उनी उच्च अदालत गएका थिए । नाबालिग माथि बलात्कार गरेको आरोपमा उनी गतवर्ष फागुन १५ मा पक्राउ परेका थिए ।
उच्च अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परीक्षण गरी तनहुँ जिल्ला अदालतबाट छुट्ने तनहुँ कारागार प्रशासनले जनाएको छ ।









गुरुङ संस्कृतिका धरोहर इन्द्रबहादुरको देहावसान
लेकसाइडमा फुड, म्युजिक र कल्चरको उत्सव
सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’
रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया