पोखराको यातायात व्यवस्थापन स्मार्ट बनाइने

समाधान संवाददाता २०७९ फागुन १५ गते ११:०१

पोखरा ।
पोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गरिने भएको हो ।

Advertisement

कोरियाली रेलमार्ग अनुसन्धान संस्थानका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।

परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर लाग्ने बताएको छ । आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्न र पृथ्वीचोकलाई थप विस्तार गर्न प्रयोग हुने महानगरले जानकारी दिएको छ ।

परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम गरिनेछ, यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।

पोखरालाई विश्वकै उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना बनाउनेकोरियन टोलीले विश्वास दिलाएको छ । कोरियाली यातायात व्यवस्थापन र नेपाली यातायात व्यवस्थापन मिलाएर काम गरिने कोरियाली टोलीले बताएको छ ।

Advertisement

पोखराका सार्वजनिक यातायात सेवाका बारेमा यात्रुले डिजिटल माध्यमबाट जानकारी दिइने प्रमुख धनराज आचार्यले बताए । ‘अहिले जस्तो लामो समय बस कुर्नुपर्ने हुँदैन, चालकले पनि जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन्,’ उनले भने ।
क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुट हुनेछन् ।

तपाईको प्रतिक्रिया