रुपाका सबै वडामा एमाले भेला

पोखरा ।
नेकपा (एमाले)ले मिसन ग्रासरुट अभियान २०७९ अन्तर्गत कास्कीको रुपा गाउँपालिकाका सबै वडामा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने भएको छ । पार्टीको रुपा गाउँ कमिटी कास्कीले फागुन १९ देखि चैत्र ४ गतेसम्म ७ वटै वडामा भेला तथा प्रशिक्षण योजना बनाएको अध्यक्ष नीलकण्ठ रेग्मीले जानकारी दिए ।
पार्टीका केन्द्रीय सदस्य तथा अभियान संयोजक भगवती न्यौपानेको सहभागितामा भएको कमिटीको बैठकले कार्यक्रम तय गरेको हो । फागुन १९ गते वडा नम्बर १ स्यास्त्री, फागुन २० गते वडा नम्बर ३ पोल्याङ, फागुन २१ गते वडा नम्बर ५को देउराली, फागुन २३ गते वडा नम्बर २ थुम्की, फागुन २८ गते वडा नम्बर ७ हंसपुर र चैत ४ गते वडा नम्बर ४ सिद्धमा कार्यकर्ता भेला तथा प्रशिक्षणको कार्यक्रम तय भएको छ ।
अध्यक्ष रेग्मीले सहिद दिवसको अवसरमा फागुन २१ गते पार्टीमा योगदान पुर्याएका अग्रजलाई सम्मान गर्ने जानकारी दिए । उनले विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधि, बौद्धिक एवं प्रवुद्व वर्गसँग छलफल गरी राय, सुझाव संकलन गर्ने योजना सुनाए ।
मिसन ग्रासरुट अभियान अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम भएको छ । बैठकले वडादेखि टोल टोलसम्म अभियान सञ्चालनका लागि कार्ययोजना बनाएको गाउँपालिका कमिटीका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । पार्टीका प्रदेश कमिटी सचिव तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य धनञ्जय दवाडीले अभियानका बारेमा प्रशिक्षण दिएका छन् ।
पार्टीको मिसन ग्रासरुट अन्तर्गत पोखरा महानगर अन्तर्गत जिम्मेवारी पाएका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा कमिटीका सदस्यहरुको बैठकले आगामी कार्ययोजना निर्माण गरेको छ ।
पार्टीका महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य तथा अभियानका संयोजक मायानाथ अधिकारी र प्रदेश कमिटी उपसचिव रश्मि आचार्यले अभियानको उद्देश्य र योजनाबारे प्रशिक्षण दिएका छन् । अभियानका लागि पोखरा महानगरपालिकामा पार्टीका केन्द्रीय सदस्य मायानाथ अधिकारी खटिएका छन् ।
तपाईको प्रतिक्रिया