सरकारबाट बाहिरियाे एमाले, समर्थन पनि फिर्ता
समाधान संवाददाता
२०७९ फागुन १५ गते १२:४४

पाेखरा ।
नेकपा एमालेले सरकार छाेड्ने निर्णय गरेकाे छ । भर्खरै सम्पन्न पार्टी सचिवालयकाे बैठकले सरकार तत्काल छाेड्ने र प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे छ ।
सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन् ।
उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया