शिक्षकलाई जीवन उपयोगी सीपबारे तालिम

पोखरा ।
बाल हितकारी परियोजना नेपालले सामुदायिक विद्यालयका शिक्षकलाई सहजीकरण औजार उत्पादन, तथा प्रस्तुतिकरण सीप सम्बन्धी तालिम दिएको छ । दातृ संस्था किडासाकाे सहयाेगमा सञ्चालित जीवन उपयोगी सीप शिक्षा कार्यक्रम अन्तर्गत तीन चरणमा भएको तालिममा ३० विद्यालयका ६० जना शिक्षकको सहभागिता रहेको संस्थाका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए ।
अध्यक्ष पहारीले जीवन उपयोगी सीप शिक्षा कार्यक्रमलाई पोखरा महानगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेको जानकारी दिए । ‘सन २०२२ देखि पोखरा महानगरका ६० सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको छ,’अध्यक्ष पहारीले भने, ‘हप्तामा कक्षा ( ५८ सेसन)सञ्चालन पढाई हुने कार्यक्रमबाट १ हजार ८ सय ४८ बाल बालिका लाभान्वित भएका छन् ।’ उनले ज्ञान जती बांड्यो त्यति बढ्ने भएकोले तालिमको सदुपयोग गर्न आग्रह गरे ।
संस्थाका कार्यकारी निर्देशक ठाकुर चापागाईले सम्पर्क शिक्षकबाट जीवन उपयोगी सीप शिक्षाको नियमित कक्षा सञ्चालन गरेको जानकारी दिए । उनले पोखरा महानगरपालिकाले स्थानीय पाठ्यक्रमको रुपमा समावेश गरेको कार्यक्रमलाई कास्कीका अन्य गाउँपालिकाले सिको गर्नु पर्ने बताए ।
प्रशिक्षक भक्तराज रसाइलीले सहजीकरण गरेको तालिम समापन समारोहमा कार्यक्रम संयोजक संगीता भण्डारी, शिक्षकहरु जगदिश सुवेदी र प्रभा लम्सालले तालिमले शिक्षण सिकाई क्रियाकलापमा सहयोग पुगेको उल्लेख गरे ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया