पृथ्वीनारायण क्याम्पस बाहिरको पार्किङ हटाइयो
समाधान संवाददाता
२०७९ फागुन १५ गते १५:५७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १ बगरको मुख्य सडकमा नगर बसको पार्किङ हटाइएको छ । बगरस्थित पृथ्वीनारायण क्याम्पसअगाडि नगर बसको पार्किङ हटाइएको पोखरा महानगरले जनाएको छ ।
‘पृथ्वीनारायण क्याम्पस अगाडि बस पार्क हुँदा जोखिम उत्तिकै थियो । अब यहाँ बस राख्न छाडिएको छ,’ मेयर धनराज आचार्यले भने । पार्किङ स्थलमा करिब ३० बस पार्क गर्न सकिनेछ । लामो समयदेखि सडकमै बसहरु पार्किङमा बस्दा क्याम्पस क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो ।
पार्किङ हटाउन निकै प्रयत्न गरिए तापनि हटेको भने थिएन । सडकको पार्किङ हटेपछि महानगरको समन्वयमा केआइ सिङ पुल नजिकै निजी जग्गा भाडामा लिएर पार्किङ गर्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया