२१ गतेदेखि रुपा तालबेसी फागु महोत्सव

पोखरा ।
आउँदो २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नम्बर ६ र पोखरा ३१ को संगमथलो तालबेसीमा १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ ।
महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । रंगहरुको पर्व होलीको अवसरमा आफूहरुले वर्षेनी रुपा तालबेसी फागु महोत्सव आयोजना गर्दै आएको उनले बताए । गुरुङ समुदायको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको अभिव्यक्ति उनको छ । पर्यटकहरुका लागि राम्रो गन्तव्य तालबेसीको प्रचारमा टेवा पुग्ने हेतुले महोत्वसको आयोजना गरिएको हो ।
गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले तालबेसीको विकासमा आफू प्रतिबद्ध भएको बताए । उनले महोत्सवलाई सफल पार्न गण्डकी सरकारबाट हुने सहयोग गर्ने आश्वासन दिए । ‘रुपा तालबेसी फागु महोत्सव संस्कार झल्काउने कार्यक्रम हो । जसलाई सफल पार्ने दायित्व हामी सबैको हो । गण्डकी सरकार र मेरो व्यक्तिगत तर्फबाट हुन सक्ने सहयोग गर्छु’, उनले भने । उनले महोत्सव जस्ता कार्यक्रमले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने बताए । ग्रामीण भेगको संस्कृतिको उन्नयनका लागि महोत्सवले महत्पूर्ण भूमिका खेल्ने विश्वास उनको छ ।
आइतबार मात्रै महोत्सवलाई लक्ष्य गर्दै निर्माण गरिएको ‘रुपा तालको शिर हजुर…’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गीतकार अनुराग अधिकारीले लेखेका हुन् । धन बहादुर गुरुङले संगीत भरेको गीतमा स्वर गायिका उषा गुरुङको छ । गीतको म्युजिक भिडियोलाई कलाकार एवं निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् । सुमन गुरुङ, कुशल गुरुङ, डीबी गुरुङ र आइतराम गुरुङको अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तालबेसीकै वरिपरि स्थानमा गरिएको हो ।
कलाकार एवं म्युजिक भिडियो निर्देशक माओत्से गुरुङले म्युजिक भिडियोमा गाउँको कथालाई प्रेमिल रुपमा प्रस्तुत गर्न खोजेको बताए । गीतले राम्रो सफलता पाउनेमा उनी आशावादी देखिन्छन् । सप्तरङगी क्लबले वर्षेनी गर्दै आएको रुपा तालबेसी फागु महोत्सवको प्रचारमा गीत मार्फत थप टेवा पुग्ने विश्वास उनको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया