शीतलज्योति कप २० गतेबाट

पोखरा ।
शीतलज्योति युुवा क्लब पोखरा १२ को आयोजनामा फागुन २० गतेदेखि तेस्रो शितलज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले आइतबार पत्रकार सम्मेलन गरी पोखराको अमरसिंह स्कुल खेल मैदानमा प्रतियोगिता हुने जनाएको हो ।
प्रतियोगिताका लागि निवर्तमान अध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । क्लबका अध्यक्ष नरप्रसाद गुरुङले विजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाउने उल्लेख गरे ।
सेमिफाइनलमा प्रवेश गर्ने टिमले १० हजार नगद प्राप्त गर्ने छन् । क्वाटर फाइनलबाट प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई पुरसकार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान साइकल प्राप्त गर्ने छन् । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर, प्रशिक्षक र सर्वाधिक गोेलकर्तालाई जनही ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिताको प्रथम पुरस्कार संस्थाका सल्लाहकार हरि खड्काका कान्छा छोरा किरण खड्काको स्मृतिमा परिवारमार्फत सहयोग प्राप्त भएको छ । दोस्रो पुरस्कार पोखरा महानगरपालिका वडा नं. १२ को कार्यालयले सहयोग गरेको छ ।
टिम प्रवेश शुल्क ८ हजार रहेको प्रतियोगितामा ३० देखि ४० टिमले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेको छ । सो प्रतियोगितामा करिब २३ लाख खर्च हुने अनुमान गरिएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया