शीतलज्योति कप २० गतेबाट

पोखरा ।
शीतलज्योति युुवा क्लब पोखरा १२ को आयोजनामा फागुन २० गतेदेखि तेस्रो शितलज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले आइतबार पत्रकार सम्मेलन गरी पोखराको अमरसिंह स्कुल खेल मैदानमा प्रतियोगिता हुने जनाएको हो ।
प्रतियोगिताका लागि निवर्तमान अध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । क्लबका अध्यक्ष नरप्रसाद गुरुङले विजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाउने उल्लेख गरे ।
सेमिफाइनलमा प्रवेश गर्ने टिमले १० हजार नगद प्राप्त गर्ने छन् । क्वाटर फाइनलबाट प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई पुरसकार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान साइकल प्राप्त गर्ने छन् । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर, प्रशिक्षक र सर्वाधिक गोेलकर्तालाई जनही ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिताको प्रथम पुरस्कार संस्थाका सल्लाहकार हरि खड्काका कान्छा छोरा किरण खड्काको स्मृतिमा परिवारमार्फत सहयोग प्राप्त भएको छ । दोस्रो पुरस्कार पोखरा महानगरपालिका वडा नं. १२ को कार्यालयले सहयोग गरेको छ ।
टिम प्रवेश शुल्क ८ हजार रहेको प्रतियोगितामा ३० देखि ४० टिमले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेको छ । सो प्रतियोगितामा करिब २३ लाख खर्च हुने अनुमान गरिएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया