लमजुङमा जलेर वृद्धको मृत्यु
समाधान संवाददाता
२०७९ फागुन १६ गते १५:३१

लमजुङ ।
लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हांगी कामीको जलेर मृत्यु भएको छ । गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गरे ।
सम्बन्धित








गुरुङ संस्कृतिका धरोहर इन्द्रबहादुरको देहावसान
लेकसाइडमा फुड, म्युजिक र कल्चरको उत्सव
सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’
रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया