ताल बाराही मन्दिर पुननिर्माण गरिने

समाधान संवाददाता २०७९ फागुन १६ गते १७:२५

पोखरा ।
पोखरा फेवा तालको विचमा अवस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ । सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए ।

Advertisement

भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछी मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुन निर्माणमा जुटेको हो ।

तालबाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस कुनै काम भएमा, देवी माताले विघंबाधा अड्चन नगरुन र कसैलाई पनि नराम्रो नहोस् भन्ने उदेश्यले पुजा गरिएको पंन्डित विश्वेश्वर पौडेलले बताए ।

आउँदो १७ गते देखि मन्दिरमा स्थापित प्रतिमुर्ति मा भक्तजनहरुले पुर्जा अर्चना गर्ने र नित्य पुजा मन्दिरका पुजारीहरुले देवीको मुर्तिमा गर्ने उपाअध्यक्ष जुना अधिकारीले बताइन् ।

मन्दिर पुर्ननिर्माणका लागि करिब एककरोड पैतालिस लाख लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिँदै नेपाल सरकारको “पुरातत्व विभाग” बाट पच्चिस लाख मात्र सहयोग दिने आश्वान आएकोले बाकी रकम प्रदेश र स्थानिय सरकार सहित भक्तजनहरुको सहयोगमा कलात्मक ढाँचामा मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको सुनाए ।

Advertisement

उनले यहि आउँदो फागुनको अन्तिम हप्ता आम वडा भेला गर्ने चैतको पहिलो हप्ता देखि मन्दिरको पुननिर्माणमा जुट्ने जानकारी समेत गराए ।

तपाईको प्रतिक्रिया