कर्तब्य ज्यान मुद्दामा फरार डबिन १३ वर्षपछि पक्राउ

समाधान संवाददाता २०७९ फागुन १७ गते १९:०२

पोखरा ।
सर्वोच्च अदालतले १३ वर्षअघि कैद फैसला गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ०६६ फागुन ३ गते सर्वोच्च अदालतले ८ वर्ष २ महिना २३ दिन कैद फौसला गरेको थियो ।

Advertisement

फरार डबिन गुरुङलाई पर्वत जिल्लाका इलाका प्रहरी कार्यालय हुवासले मंगलबार पक्राउ गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) खगेन्द्र अधिकारीले बताए । पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे घर भई डबिनलाई घरमा लुकी बसेको अवस्था पक्राउ गरिएको इस्पेक्टर अधिकारीले बताए । डबिलाई १६ गते नै कारागार चलान गरिएको अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया