बागलुङमा बुबाले गरे दुई वर्षीया छोरीको हत्या

राष्ट्रिय समाचार समिति (रासस) २०७९ फागुन १८ गते १५:०९

बलेवा ।
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए ।

घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए ।

Advertisement

छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो ।

अहिले बालिकाको शव पोष्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ । सायरले केकति कारणले छोरीको हत्या गरे भन्ने विषयमा अझै नखुलेको र अनुसन्धान जारी रहेको उपरीक्षक थापाले बताए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया