
तनहुँ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा ‘नमूना पशु अस्पताल’का काम तीव्ररुपमा भइरहेको छ । दमौलीमा पशु अस्पताल बनेपछि तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, नवलपरासीलगायतका आसपास क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने छन् ।
बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना छ । गण्डकी प्रदेश सरकारको कूल रु दश करोडको लागतमा उक्त अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
निमार्णधीन उक्त भवनको ५० प्रतिशत बढी काम भइसकेको सहरी विकास तथा भवन निर्माण संघीय तथा कार्यान्वयन एकाइ कास्कीका इन्जिनियर शिव सुनारले जानकारी दिए । आगामी वर्ष पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
उनले भने, “पहिलो चरणमा ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो ।” पहिलो चरणमा कास्की र तनहुँमा नमूना पशुपन्छी अस्पताल बन्न लागेको हुँदा पशुपालन कृषकले लामो दूरी धाएर भौतारिन पर्ने बाध्यताको अन्य हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए ।
अस्पतालको भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपन्छीको उपचार गरिनेछ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया