पर्यटकीय थलो पहिल्याउने प्रयत्न

पोखरा ।
ओझेलमा रहेका पयर्पटकीय थलो पहिल्याउन विविल राइज फाउण्डेसनले पर्यटन प्रवद्र्धक (ट्राभल भल्गर) हरुसँग अन्तक्र्रिया गर्ने भएको छ । ओझेलमा परेका पर्यटकीय थलोहरु पर्यटकहरुबाटै चिन्न चिनाउन सकिने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए ।
अन्तक्रिया आगामी आइतबार दिउँसो एक बजे गोगंबुस्थित फाउण्डेसनकै कार्यालयमा हुने छ । घुमफिरमा र प्रवद्र्धनात्मक भिडियो बनाउन रुचि राख्ने जोकोहीकार्यक्रममा सहभागीहुन सक्नेछन् । फाउण्डेसनले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृति लगायत विषयवस्तुमा केन्द्रित रही राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’को आयोजना गर्दै आएको छ ।
फाउन्डेसनले सन् २०२३ को प्रतियोगितामा सहभागिता जनाउन आगामी वर्ष वैशाख २१ गतेसम्म भिडियो पठाउन आह्वान गरेको छ । भिडियो अधिकतम् ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनोट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिने छ ।
विजेता प्रतियोगीहरूको घोषणा १३ जेठ २०८० का दिन काठमाडौँमा हुने छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशभरबाट १ सय ३२ वृत्तचित्र सहभागी थिए । प्रतियोगितामा सहभागिता जनाउन चाहनेले फाउन्डेसनको वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमार्फत विस्तृत जानकारी लिन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन कुनै किसिमको शुल्क लाग्ने छैन ।
तपाईको प्रतिक्रिया